साउन १, काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत १७ जना कर्मचारीको माग गरेको छ ।

निगमले ७ जना छैटौं तहमा, पाँचौ तहमा ३ जना, चौथो तहमा २ जना, तहबिहिन टेक्निसियन ४ जना र बाउजर अपरेटरमा १ जना कर्मचारीको माग गरेको छ । जसमा तहबिहिन, चौथो र पाँचौको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै छैठौं तहको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । साथै महिला एवं अपाङ्गको हकमा ४० वर्षको ननाघेको हुनुपर्नेछ ।

त्यसैगरी, निगमले छैठौं तहका लागि १ हजार रुपैयाँ, पाँचौ तहका लागि ४ सय, चौथो तहलाई ३ सय रुपैयाँ र तहबिहीनलाई २ सय रुपैयाँ परिक्षा दस्तुर तोकेको छ । साथै एउटै पदका लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी छैठौं तहलाई ४ सय, पाँचौ तहलाई २ सय, चौथो तहलाई १ सय ५० र तहबिहिनका लागि १ सय रुपैयाँ थप परिक्षा रकम बुझाउनुपर्नेछ ।

निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्धारा छनौट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले https://jobs.noc.org.np/Open/rec/Default.aspx मा गएर अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

निगमका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ ।