<p><b>भदौ १८, काठमाडौं । </b>नेपाली सेनाले ४ हजार सैन्य पदको लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरि ४ हजार जना जनशक्ति माग गरेको हो ।<br></p><p>सेनाले आज भदौ १८ गतेदेखि असोज १६ गतेसम्म नियमित दस्तुर बुझाई र असोज १७ गते देखि असोज २४ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन दिन सकिने जनाएको छ। दरखास्त फारम दस्तुर १५० रहेकोले एक भन्दा बढी समुहमा आवेदन गर्ने भए हरेक समुहको लागि थप २० प्रतिशत लाग्ने सेनाले उल्लेख गरेको छ ।</p><p>आवेदन दिनको लागि न्युनतम शैक्षिक योग्यता ८ कक्षा पास हुनु पर्ने छ । १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाहरुले मात्र आवेदन दिन सक्ने छन् ।</p>
नेपाली सेनाले माग्यो ४ हजार जनशक्ति, ८ पासलाई पनि अवसर
Leave a Comment

