नेपाल प्रहरीमा २२१ जनालाई रोजगारीको अवसर

साझासवाल
1 Min Read

भदौ २५, काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।

प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ ।

नेपाल प्रहरी अस्पतालमा स्वास्थ्य समूह तर्फ चिकित्सक, नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डेन्टल अधिकृत, सीएमए, अनमी लगायतका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ। सबैभन्दा धेरै स्टाफ नर्स र मेडिकल अफिसरको माग गरिएको छ।

दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।

Leave a Comment

Leave a Reply