असोज ६, झापा । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ ।
कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटिएको थियो ।
कर्मचारीहरुको असुरक्षा बढेको र हत्याराको पहिचान गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै कार्यालयहरु बन्दको घोषणा गरेको सङ्घका सचिव डिल्लीराम नेपालले जानकारी दिनुभयो । रासस