२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका चार हजार विद्युत् पोल जीर्ण, ठूलो क्षति हुनसक्ने

६ आश्विन २०७३, बिहीबार ११:०९

असोज ६, दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ । 

जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय प्राधिकरण दोलखा शाखा विवादमा फसेको थियो । 

शाखाका प्रमुख शेरबहादुर सुनुवारले जिल्लामा चार हजार काठका पोल जीर्ण अवस्थामा पुगेको र वर्षात्को समयमा धेरै पोल ढल्ने गरेकाले विद्युत् समय समयमा सर्ट हुने गरेको जानकारी दिनुभयो । लामोसाँघुबाट विद्युत् ल्याउन निकै समस्या भएको बताउँदै उहाँले वर्षात्को समयमा सबैभन्दा बढी विद्युत् अनियमितता हुने गरेको बताउनुभयो । 

लामोसाघुदेखि मुडेसम्म जङ्गल हँदै विद्युत् ल्याउनुपर्ने भएकाले पनि समस्या आएकाले समधानको लागि माथिल्लो निकायसँग छलफल भइरहेपनि कार्यान्वयन हुन सकेको छैन । चार हजार पोल फेर्नको लागि करिब रु १० करोड लाग्छ तर त्यत्तिको रकम कार्यालयले खर्च गर्नसक्ने अवस्था नभएको प्रमुख सुनुवारले जानकारी दिनुभयो । 

काठको पोल जीर्ण भएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले स्थानीयलाई सचेत रहन कार्यालयले आग्रह गरेको छ । 

जिल्ला विकास समितिलाई विद्युत् मार्फत आउने राजस्वको केही प्रतिशत विद्युत् प्राधिकरणलाई छुट्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको कार्यालयको भनाइ छ । 

दोलखामा गम्भीर दुर्घटना हुनसक्ने 

नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले विस्तार भएका विद्युत् प्रसारण लाइन जिर्ण भएका कारण दोलखामा गम्भीर दुर्घटना हुनसक्ने औँल्याइएको छ । 

आव २०७२÷०७३ को प्रतिवेदनमा अनुसार कुनै पनि दिन, कुनै पनि क्षण प्रसारण लाइनको कारण गम्भीर दुर्घटना हुनसक्ने सो शाखाले जनाएको हो ।

प्रतिवेदन अनुसार जिल्लाका विभिन्न स्थानमा गाडिएको चार हजार काठको पोल जीर्ण अवस्थामा रहेको र फेरबदलको लागि कुनै पहलन बताइएको छ । 

जिल्लामा ३३ केभी प्रसारण लाइन रहेकामा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहने, सिंगटी सवस्टेसन चालु हुननसक्दा ११ केभी प्रसारण लाइन समेत अवरुद्ध हुने गरेको शाखाका लेखाप्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लामा ३३ केभी लाइन १३१ किलोमिटर, ११ केभी लाइन ३८३ किलोमिटर र ४००÷२३० भोल्ट लाइन ०५२ किलोमिटर रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा १० आंशिक र ११ पूर्णरुपले विद्युतीकरण हुन बाँकी गाविस रहेको र २७ गाविस र दुई नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको त्यस्तै समुदायस्तरबाट चार गाविसमा विद्युतीकरण भएको र ती स्थानमा समेत पोल जीर्ण भए पछि कुनै पनि बेला दुर्घटना हुनसक्ने औँल्याइएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत