२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका चार हजार विद्युत् पोल जीर्ण, ठूलो क्षति हुनसक्ने

२०७३, ६ आश्विन बिहीबार ११:०९

असोज ६, दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ । 

जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय प्राधिकरण दोलखा शाखा विवादमा फसेको थियो । 

शाखाका प्रमुख शेरबहादुर सुनुवारले जिल्लामा चार हजार काठका पोल जीर्ण अवस्थामा पुगेको र वर्षात्को समयमा धेरै पोल ढल्ने गरेकाले विद्युत् समय समयमा सर्ट हुने गरेको जानकारी दिनुभयो । लामोसाँघुबाट विद्युत् ल्याउन निकै समस्या भएको बताउँदै उहाँले वर्षात्को समयमा सबैभन्दा बढी विद्युत् अनियमितता हुने गरेको बताउनुभयो । 

लामोसाघुदेखि मुडेसम्म जङ्गल हँदै विद्युत् ल्याउनुपर्ने भएकाले पनि समस्या आएकाले समधानको लागि माथिल्लो निकायसँग छलफल भइरहेपनि कार्यान्वयन हुन सकेको छैन । चार हजार पोल फेर्नको लागि करिब रु १० करोड लाग्छ तर त्यत्तिको रकम कार्यालयले खर्च गर्नसक्ने अवस्था नभएको प्रमुख सुनुवारले जानकारी दिनुभयो । 

काठको पोल जीर्ण भएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले स्थानीयलाई सचेत रहन कार्यालयले आग्रह गरेको छ । 

जिल्ला विकास समितिलाई विद्युत् मार्फत आउने राजस्वको केही प्रतिशत विद्युत् प्राधिकरणलाई छुट्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको कार्यालयको भनाइ छ । 

दोलखामा गम्भीर दुर्घटना हुनसक्ने 

नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले विस्तार भएका विद्युत् प्रसारण लाइन जिर्ण भएका कारण दोलखामा गम्भीर दुर्घटना हुनसक्ने औँल्याइएको छ । 

आव २०७२÷०७३ को प्रतिवेदनमा अनुसार कुनै पनि दिन, कुनै पनि क्षण प्रसारण लाइनको कारण गम्भीर दुर्घटना हुनसक्ने सो शाखाले जनाएको हो ।

प्रतिवेदन अनुसार जिल्लाका विभिन्न स्थानमा गाडिएको चार हजार काठको पोल जीर्ण अवस्थामा रहेको र फेरबदलको लागि कुनै पहलन बताइएको छ । 

जिल्लामा ३३ केभी प्रसारण लाइन रहेकामा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहने, सिंगटी सवस्टेसन चालु हुननसक्दा ११ केभी प्रसारण लाइन समेत अवरुद्ध हुने गरेको शाखाका लेखाप्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लामा ३३ केभी लाइन १३१ किलोमिटर, ११ केभी लाइन ३८३ किलोमिटर र ४००÷२३० भोल्ट लाइन ०५२ किलोमिटर रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा १० आंशिक र ११ पूर्णरुपले विद्युतीकरण हुन बाँकी गाविस रहेको र २७ गाविस र दुई नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको त्यस्तै समुदायस्तरबाट चार गाविसमा विद्युतीकरण भएको र ती स्थानमा समेत पोल जीर्ण भए पछि कुनै पनि बेला दुर्घटना हुनसक्ने औँल्याइएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने