२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सैलुनबाट मासिक एक लाख कमाइ

२०७३, ६ आश्विन बिहीबार ११:१८

असोज ६, चितवन । खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । 

भरतपुरको चौबीसकोठीमा मासिक रु २५ हजार भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरुका लागि उदाहरणीय बन्नुभएको छ । 

चार वर्षअघि स्वदेश फर्किएर छ महिनासम्म सैलुन तालिम लिएर सिग्देलले आफ्नै व्यवसाय सुरु गर्नुभएको हो । रु एक लाख खर्चिएर कतार पुग्नुभएका सिग्देलले १२ घन्टासम्म चिनियाँ फर्मलाइन कम्पनीमा मेसिन हेल्परका रुपमा खटिँदा मासिक रु १५ हजार मात्रै बच्थ्यो । करिब रु चार लाख ५० हजार खर्च गरी उहाँले सुरु गर्नुभएको सैलुनबाट रु ७० हजारदेखि रु एक लाखसम्म मासिक बचत गर्नुहुन्छ । 

उहाँलाई श्रीमती सुष्मिताले समेत कपाल काट्न साथ दिँदैआउनुभएको छ । उनीहरुले नै तालिम दिएका अन्य दुईजनाले समेत रोजगारी पाएका छन् । खाडी मुलुकमा जे पनि गर्न हुने स्वदेशमा काम गर्न किन नहुने भन्ने मनःस्थितिका साथ पेसामा लागेको सिग्देलको भनाइ छ । 

उहाँले आफ्नै पार्लरमा ४० युवा र १३ युवतीलाई तालिम दिइसक्नुभएको छ । तालिम लिएकाहरु क्यानडा, अस्टे«ेलिया र चीन गएको सिग्देलले बताउनुभयो । तर खाडी मुलुक नजान उहाँले सल्लाह दिँदैआउनुभएको छ । निकट भविष्यमा उहाँ नवलपरासीको कावासोतीमा अर्को सैलुन खोल्ने तयारीमा हुनुहुन्छ । 

उच्च माविसम्मको अध्ययन गर्नुभएका सिग्देलको सैलुनमा अहिले दैनिक २० देखि ३० जना ग्राहक आउने गर्दछन् । व्यवसाय मिल्ने गरी दौँतरीको खोजीमा रहेका सिग्देलले एक वर्षअघि सिटिइभिटीमा कपाल काट्ने तालिम लिनुभएकी सुष्मितासँग विवाह गर्नुभयो । यसबाट उहाँलाई व्यवसायमा सहयोग पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने