२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एकद्वार सेवा : भद्रपुर नेपालमै पहिलो

७ आश्विन २०७३, शुक्रबार ०६:४३

असोज ७, भद्रपुर । ‘द्वार एक सेवा अनेक’ सोचका साथ भद्रपुर नगरपालिकाले आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको छ । 

आजदेखि सुरु हुने सो सेवाका लागि भवन मर्मतसम्भार, प्रविधि र व्यवस्थापनमा नगरपालिकाले रु ३३ लाख खर्च गरी सो व्यवस्था मिलाएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । 

यो सेवाबाट आमसेवाग्राहीलाई विद्युतीय टोकन मेसिन, अडियोसहितको उजुरीपेटिका, आफ्ना पालो नआएसम्म बातानुकुलित कक्षमा विश्रामको व्यवस्था, नगरपालिकाको कामकारबाहीमा पारदर्शिता झल्किने गरी नाइटभिजनसहितको सिसी क्यामेरा र उचित सल्लाह एवम् परामर्शका लागि सहायता कक्षको व्यवस्थापन गरिएको छ । 

सम्भवतः नगरपालिकामा यस्तो व्यवस्था नेपालमै पहिलोपटक झापाको भद्रपुर नगरपालिकामा सुरु भएको र यस्तो व्यवस्थाले आम नागरिक नगरपालिकाबाट पूर्णरुपमा सेवा पाउने आशा राखिएको कार्यकारी अधिकृत घिमिरेले जानकारी दिनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य