२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

राष्ट्रिय मानवाधिकार आयोग धादिङमा

९ आश्विन २०७३, आईतवार ०८:०४

असोज ९, धादिङ । जिल्ला वन कार्यालयले दुई दिनअघि महिला सुरक्षा घर र रेडियो धादिङमा आक्रमण गरी मानवीय मूल्यसमेत बेवास्ता गरेर मानवअधिकारको उल्लङ्घन गरेको उजुरी परेपछि राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान टोलीले आजदेखि स्थलगत अनुगमन सुरु गरेको छ । 

हिंसा प्रभावित महिला राखिएको नीलकण्ठ–८, अमरावती टोलस्थित घरमा जिल्ला वन अधिकृत आफैँले दुव्र्यवहार गरेको र रेडियोमा प्रसारण बन्द गर्ने उद्देश्यले राति दुव्र्यवहार गरेको भनी परेको उजुरीका आधारमा आयोगको टोली घटनास्थल अनुसन्धान गर्न शनिबार राति यहाँ आइपुगेको हो । 

आयोगको अनुसन्धान टोलीले सुरक्षा घरमा महिलामाथि भएको दुव्र्यवहार र रेडियोमाथिको आक्रमणको विषयमा अनुसन्धान गर्ने टोलीमा संलग्न अनुसन्धान अधिकृत नितु गर्तौलाले जानकारी दिनुभयो । 

टोलीले घटनास्थल, पीडित, सरोकार भएकाहरु, प्रजिअ, प्रहरी लगायतका निकायसँग भेटघाट र छलफल गर्ने छ । 

यसैगरी शुक्रबार सामुदायिक रेडियोहरुको अन्तर्राष्ट्रिय सङ्गठन९अमार्क०को नेतृत्वमा आएको पत्रकारको टोलीले पनि घटनाको अध्ययन गरी आज काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्ने अमार्कका उपाध्यक्ष विष्णुहरि ढकालले जानकारी दिनुभयो । 

जिल्ला वन कार्यालयले रेडियोमा तोडफोड गरेपछि बन्द गराएको रेडियो धादिङ आज बिहान १० बजेदेखि अस्थायी रुपमा प्रसारण सुरु भएको छ । अमार्क लगायत निकायबाट अत्यावश्यक उपकरण जुटाई रेडियो सञ्चालन गरिएको रेडियो स्टेसन म्यानेजर राजाराम शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव