२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

राष्ट्रिय मानवाधिकार आयोग धादिङमा

२०७३, ९ आश्विन आईतवार ०८:०४

असोज ९, धादिङ । जिल्ला वन कार्यालयले दुई दिनअघि महिला सुरक्षा घर र रेडियो धादिङमा आक्रमण गरी मानवीय मूल्यसमेत बेवास्ता गरेर मानवअधिकारको उल्लङ्घन गरेको उजुरी परेपछि राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान टोलीले आजदेखि स्थलगत अनुगमन सुरु गरेको छ । 

हिंसा प्रभावित महिला राखिएको नीलकण्ठ–८, अमरावती टोलस्थित घरमा जिल्ला वन अधिकृत आफैँले दुव्र्यवहार गरेको र रेडियोमा प्रसारण बन्द गर्ने उद्देश्यले राति दुव्र्यवहार गरेको भनी परेको उजुरीका आधारमा आयोगको टोली घटनास्थल अनुसन्धान गर्न शनिबार राति यहाँ आइपुगेको हो । 

आयोगको अनुसन्धान टोलीले सुरक्षा घरमा महिलामाथि भएको दुव्र्यवहार र रेडियोमाथिको आक्रमणको विषयमा अनुसन्धान गर्ने टोलीमा संलग्न अनुसन्धान अधिकृत नितु गर्तौलाले जानकारी दिनुभयो । 

टोलीले घटनास्थल, पीडित, सरोकार भएकाहरु, प्रजिअ, प्रहरी लगायतका निकायसँग भेटघाट र छलफल गर्ने छ । 

यसैगरी शुक्रबार सामुदायिक रेडियोहरुको अन्तर्राष्ट्रिय सङ्गठन९अमार्क०को नेतृत्वमा आएको पत्रकारको टोलीले पनि घटनाको अध्ययन गरी आज काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्ने अमार्कका उपाध्यक्ष विष्णुहरि ढकालले जानकारी दिनुभयो । 

जिल्ला वन कार्यालयले रेडियोमा तोडफोड गरेपछि बन्द गराएको रेडियो धादिङ आज बिहान १० बजेदेखि अस्थायी रुपमा प्रसारण सुरु भएको छ । अमार्क लगायत निकायबाट अत्यावश्यक उपकरण जुटाई रेडियो सञ्चालन गरिएको रेडियो स्टेसन म्यानेजर राजाराम शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने