७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

फर्जी बिल बनाएर लाखौँ ठगी आरोपमा पक्राउ

१० आश्विन २०७३, सोमबार ०६:४५

असोज १०, झापा । फर्जी बिल बनाएर ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

श्रेष्ठलाई प्रहरीले शनिबार अपराह्न पक्राउ गरे पनि आइतबार जिल्ला अदालत झापामा म्याद थप गरेपछि मात्र घटनाका बारेमा जानकारी गराएको छ । तीन आवमा नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोडले विद्युत् प्राधिकरणमा बुझाउनु पर्ने महसुलबापतको रकममध्ये श्रेष्ठले प्राधिकरणलाई बुझाउनु पर्ने रकमभन्दा ३९ लाख ९१ हजार ५ सय ३४ रुपैयाँ बढीको फर्जी बिल बनाएर ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । निगमका प्रशासन प्रमुख लोकनाथ दङ्गालले श्रेष्ठले विद्युत् महसुलबापतको रकम ठगी गरेको भन्दै प्रहरी समक्ष उजुरी गरेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी