२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

फर्जी बिल बनाएर लाखौँ ठगी आरोपमा पक्राउ

२०७३, १० आश्विन सोमबार ०६:४५

असोज १०, झापा । फर्जी बिल बनाएर ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

श्रेष्ठलाई प्रहरीले शनिबार अपराह्न पक्राउ गरे पनि आइतबार जिल्ला अदालत झापामा म्याद थप गरेपछि मात्र घटनाका बारेमा जानकारी गराएको छ । तीन आवमा नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोडले विद्युत् प्राधिकरणमा बुझाउनु पर्ने महसुलबापतको रकममध्ये श्रेष्ठले प्राधिकरणलाई बुझाउनु पर्ने रकमभन्दा ३९ लाख ९१ हजार ५ सय ३४ रुपैयाँ बढीको फर्जी बिल बनाएर ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । निगमका प्रशासन प्रमुख लोकनाथ दङ्गालले श्रेष्ठले विद्युत् महसुलबापतको रकम ठगी गरेको भन्दै प्रहरी समक्ष उजुरी गरेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने