सोज १२, झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सोज १२, झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । 
<"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आमा सम्मान किरण तिम्सिनालाई

१२ आश्विन २०७३, बुधबार १२:०२


सोज १२, झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । 

साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी तथा कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित उक्त पुरस्कार सामाजिक सेवाको क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि सक्रिय तिम्सिनालाई प्रदान गरिने भएको हो । 

पुरस्कार हरेक वर्ष दशैंको अष्टमीमा प्रदान गरिन्छ । ११ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराई र सचिव केशव मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘श्रीमानको असामयिक निधनपछि नाबालक तीन छोरीहरु र एक छोराको पठनपाठन र लालनपालनको जिम्मेवारीसँगै सामाजिक रुपले प्रतिष्ठित तथा आर्थिक सबल हुने मार्गमा अभिबृद्धि गर्न सफल हुनुभएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो ।’ 

ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको जन्म विक्रम् सम्बत् २०१४ सालमा भएको हो । उनको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो । विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ झापा भएकी किरणले वि.सं. २०४१ सालमा पतिवियोग सहनु प¥यो । 

‘छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले आजसम्म आइपुग्दा सामाजिक र व्यावहारिक रुपमा आफ्ना सन्तानलाई परिपक्क पार्न सफल भएकाले र आफ्नो छुट्टै सामाजिक पहिचान स्थापित गर्न सफल हुनुभएकीले करण तिम्सिनालाई आमा सम्मान प्रदान गरिने भएको हो’ – विज्ञप्तीमा उल्लेख छ । 

आगामी ०७० असोज २३ गते आइतबार अष्टमीका दिन शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिने छ । अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित आमा सम्मान पाँच वर्षदेखि प्रदान गरिन्छ । 

यसअघि उक्त सम्मानबाट २०६७ मा गरामनीकै रेनुका रसाइली, २०६९ मा अर्जुनधारा–२ निवासी पार्वतीदेवी सुबेदी, २०७० सालमा अनारमनीकी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड–२, चारपानेकी शशिकला राय र २०७२ मा भद्रपुर–६ की चित्रकला कोइराला सम्मानित भइसकेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य