२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्तु सेलाउन देवघाट गएका युवा बगेर बेपत्ता

२०८०, १९ श्रावण शुक्रबार ०७:००

साउन १९, काठमाडौँ | अस्तु सेलाउन देवघाट पुगेका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएका छन्।

देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका छन्। शुक्रबार बिहानदेखि उनी बेपत्ता छन्।


भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि भारतको लखनउस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको थियो।शव ल्याएर तुलसीपुर १२ बबई घाटमा अन्त्येष्टि गरिएको थियो।

इलाका प्रहरी कार्यालय देवघाटका सहायक हवल्दार वीरेन्द्र तामाङले शुक्रबार बिहान ७ बजेर १९ मिनेटमा भुसाल नदीमा बेपत्ता भएको र खोजी कार्य जारी रहेको  बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश