२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङबाट राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन साइबरको भर पर्नुपर्ने अवस्थाको अन्त्य

२०८०, २३ श्रावण मंगलवार १६:५१

साउन २३, काठमाडौँ । धादिङबाट राहदानी बनाउन साइबरको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरि जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी निर्माणमा ब्यापक सुधार गरेको पाइएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी बनाउने प्रयोजनमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्दै आएको पाइएको छ । 


केहि समय अघि साझा सबाल मिडिया मार्फत पत्रकार अनिल अधिकारीले धादिङ जिल्ला प्रशासन कार्यालयको वरिपरी रहेका बिभिन्न साइबरहरुले राहदानी बनाइदिने नाममा एक महिनादेखि तीन महिनासम्मको मिति प्याक भएको भन्दै बढी पैसा खर्चनेलाई मात्र एक महिना भित्र राहदानी बनाइदिन मिति मिलाइदिने गरेको रिपोर्ट सार्वजनिक गरेका थिए । उक्त रिपोर्ट अनुसार जिल्लाबाट राहदानी बनाउन एक हजारदेखि ७ हजारसम्म साइबरहरुलाई खर्चिनुपर्ने बाध्यता रहेको थियो । सोहि रिपोर्टमा प्रशासन कार्यालयकै पछाडी रहेको साइबरले सेवाग्राहीबाट  अशुली गरेको अबैध रकम समेत पत्रकार अधिकारीले फिर्ता गराउन लगाएका थिए । 

तर उक्त रिपोर्टको प्रभाव स्वरूप अहिले जिल्ला प्रशासन कार्यालय धादिङको कार्यशैली फेरिएको पाइएको हो । प्रशासन कार्यालय वरपरका साइबरहरुले अहिले राहदानीको मिति लिईदिने र राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम बनाइदिने नाममा पाउने गरेको बिजनेसनै पाउन छाडेका छन् । अहिले जिल्ला प्रशासन कार्यालय आफैले राष्ट्रिय परिचय पत्र बनाउन नि-शुल्क फारम भर्ने व्यवस्था मिलाएको छ भने राष्ट्रिय परिचयपत्रको अनलाइन फारम समेत प्रशासन कार्यालयमै निशुल्क भरिदिने व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी बनाउन अहिले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कर्मचारीहरु खटिने गरेका छन् । उनका अनुसार अहिले राहदानी बनाउन प्रशासन कार्यालय पुग्ने सेवाग्राहीहरुले सिधै प्रशासन कार्यालय छिरेर राहदानी बनाउने टोकनसंगै मिति पाउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले दावी गर्दै भने 'धादिङमा राहदानी बनाउन देश भरमै सबैभन्दा सहज बनाइएको छ । हामीले १५/२० दिनमै राहदानी दिने वातावरण मिलाएका छौं । मिति लिन पनि सजिलो छ । साइबर धाउने पहिलेजस्तो झन्झट छैन ।' 

प्रमुख जिल्ला अधिकारी गैह्रेले दैनिक ७० राहदानी बनाउने लक्ष्य सहित जिल्लाले काम गर्दै आएको जानकारी दिए । उनले क्रमश राहदानी बनाउनेहरुको चाप घट्दै गएकोले अझै छिटो सेवा दिन सकिने अवस्था हुँदै जाने बताएका छन् । गैह्रेले आफू कार्यालयमा आएपछि स्थानिय तहले बिभिन्न सेवाको लागि सेवाग्राहीहरुलाई दिने सिफारिसकै आधारमा सेवालाई सहजीकरण गरिएको जानकारी दिए । यस अघि सेवाग्राहीहरुले स्थानिय तहबाट सिफारस ल्याएर पनि सेवा लिनको लागि साइबरनै धाएर निवेदन पनि ल्याउनुपर्ने बाध्यता थियो । गैह्रेले भने – 'स्थानिय तहबाट सिफारिस ल्याउँदा पनि फेरी अर्को निवेदन दिनुपर्ने झन्झटलाई बुझेर सेवाग्राहीको समय, झन्झट र खर्च घटाउन मैले निर्णय गरें ।' गैह्रेका अनुसार अब जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाँदा कतिपय सेवामा वडा वा पालिकाको सिफारिस छ भने छुट्टै निवेदन दिनु पर्दैन । 

७ महिना अघिको स्थलगत रिपोर्ट (भिडियो) !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै