Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर)

By साझासवाल

काठमाडौं । काठमाडौंबाट ३२ किलोमिटर टाढा रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर पनौतीका विभिन्न विशेषताहरु छन् । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, इतिहासमा प्राचीनता पनौतीको पहिचान हो ।


पुण्यमाता खोला र रोसी खोलाको बीचमा एउटै ढुङ्गामा अवस्थित रहेको सहर हो – पनौती । यो एक पवित्र तीर्थस्थल र देवभुमि हो । पनौतीलाई शचीतीर्थ, त्रिवेणीक्षेत्र वा उत्तरप्रयाग पनि भन्ने गरिन्छ ।