असोज २०, इलाम । इलाममा रहेर पत्रकारिता गरिरहेका दुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुङ राई बुधबार सदरमुकाममा पुरस्कृत भएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २०, इलाम । इलाममा रहेर पत्रकारिता गरिरहेका दुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुङ राई बुधबार सदरमुकाममा पुरस्कृत भएका छन् ।&nb"/>

३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

नगर पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रका पुरस्कृत

२० आश्विन २०७३, बिहीबार ०७:४१


असोज २०, इलाम । इलाममा रहेर पत्रकारिता गरिरहेका दुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुङ राई बुधबार सदरमुकाममा पुरस्कृत भएका छन् । 

इलाम नगरपालिकाले प्रत्येक वर्ष पत्रकार महासंघ इलाम शाखाको समन्वयमा प्रदान गर्दै आएको नगर पत्रकारिता पुरस्कारबाट इलामबाट प्रकाशित चियावारी दैनिकका कार्यकारी सम्पादक खतिवडा र इलाम एफएमका कार्यरत राईलाई पुरस्कृत गरेको हो । 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याङ, पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराई लगायतले पुरस्कृत खतिवडा र राईलाई जनही सातहजार पाँच सय नगद सहित प्रमाणपत्र, अविर र खादा लगाएर पुरस्कृत गरेका हुन् ।

नगरको विकासमा सहयोग गरेवापत इलाम नगरपालिकाले प्रत्येक वर्ष जिल्लाका उत्कृष्ठ पत्रकारलाई प्रदान गर्दै आएको छ ।

इलाम नगरपालिकाका कार्यकारी अधिकृत खाम्याङको अध्यक्षता तथा प्रजिअ दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भट्टराई, पुर्व अध्यक्ष सटेन्द्र जवेगु, जिल्ला विकास समिति इलामका अनुगमन अधिकृत छविलाल खतिवडा, प्रेस युनियनका जिल्ला अध्यक्ष तोयाानाथ भट्टराई, प्रेस चौतारीकी इलाम अध्यक्ष कोकिला ढकाल लगायतले पुरस्कृत पत्रकारलाई बधाई दिएका थिए ।

 कार्यक्रममा बिजया दशमीको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।      


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ