१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

११ मंसिर २०८०, सोमबार ०६:४०

मङ्सिर ११, ताप्लेजुङ | नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन । ‘उहाँहरूको पुरानै लेनदेनको विषय लेनदेनको केस रहेछ, माननीयज्यूहरूसँग पनि बसेर कुरा भएको रहेछ,’ लुङगेलीले भने, ‘मान्छे खोजी गरिरहेका छौं, भागिसकेको छ ।’ चारैतिर खोजी भइरहेकाले प्रहरीले पक्राउ गर्ने उनले बताए ।

एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडासहितका नेता कार्यकर्ता जिल्ला अस्पतालमा भेला भएका छन । विवेक र प्रेमको चेक बाउन्सको विषय रहेको एमालेका एक नेताले बताए । विवेकलाई आक्रमण गरेपछि प्रेमले पार्टीका कार्यवाहक अध्यक्ष खतिवडालाई पनि आक्रमण प्रयास गरेको ती नेताले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार