१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ

१३ मंसिर २०८०, बुधबार ०६:४८

मङ्सिर १३, काठमाडौँ  | सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका-८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो।

यादवविरूद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरूद्ध बुहारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्जितालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट उनको घरमै मृत्यु भएपनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए ।

भोलिपल्ट छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै संजितको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डिएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिवार देवेन्द्रलाई पक्राउ गरी सोधपछु गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए ।


नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०/३५ किलोमिटरको दुरीमा रहेको भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँमा रहेको झाडीबाट आइतबार विहान सञ्जिताको शव फेला परेको थियो।

भारतीय प्रहरीसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सञ्जिता शव पोष्टमर्टम गरिएको डिएसपी पाण्डेयले बताए।

उनका अनुसार देवेन्द्रलाई ९ मंसिरदेखि लागू हुनेगरी सिरहा अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले सार्वजनिक गरेको  ५१ वर्षीय रामअशिषविरूद्ध बुहारी संगिताकुमारी दासको गत २७ कात्तिकमा हत्या गरेको आरोप छ।

छोरा राजकिशोर मेला हेर्न गएका बेला घरायसी विवादको क्रममा बुहारीको टाउकोमा बञ्चरो प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक पाण्डेयले बताए।

बुहारीको हत्यापछि लुकीछिपी बस्दै आएका दासलाई इलाका प्रहरी कार्यालय मिर्चैया र मातहतको कल्याणपुर प्रहारीको संयुक्त टोलीले खोजतलासको क्रममा गत मंसिर १ गते पक्राउ गरेको थियो।

उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार