४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घुस मागेको भन्दै इन्जिनियरमाथि कुटपिट, प्रहरीमा उजुरीपछि आन्दोलन

१३ मंसिर २०८०, बुधबार ०८:५२

मङ्सिर १३, कञ्चनपुर  | एक निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्।

निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको गम्भिर आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्। सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रर्दशन गरेका हुन्।


प्रदर्शनमा सहभागी अधिकांश निर्माण व्यवसायी रानानिकट र उनका आफन्तहरु भएको बताइएको छ। सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको उनीहरुको जिकिर छ।

घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा निर्दोषलाई फसाउन खोजिएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ। 

ठेकेदार भीमबहादुर रानाले इन्जिनियर रामप्रसाद अवस्थीले हरेक योजनामा उपभोक्ता र निर्माण व्यवसायीबाट पैसा माग्ने र नदिनेको काम नगर्ने गरेकाले आन्दोलन गरेको दाबी गरे। 

तर, इन्जिनियर अवस्थीले पनि आफूले कुनैपनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको बताउँदै आरोप अस्विकार गरेका छन्। ठेकेदारले नै उक्साएर पठाएका व्यक्तिहरुले आफ्नो बदनाम गर्न दुष्प्रचार गरिरहेको उनको जिकिर छ। आफूमाथि कुटपिट गर्ने गिरोहले नै केही मान्छेलाई उक्साएर आन्दोलन गर्न पठाएको उनको भनाइ छ। 

यता, लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले इन्जिनियरमाथि कुटपिट गरेको प्रकरणमा दुवै पक्षसँग बुझेर अघि बढ्ने बताउँदै कार्यालयबाट नियमित कामकाज नरोकिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ