१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल एयरलाइन्सको लापरवाही: प्रधानमन्त्री लिएर उड्दा टिकट काटेर विमानस्थल पुगेका ३१ यात्रु छुटे

१४ मंसिर २०८०, बिहीबार ०६:२१

मङ्सिर १४, काठमाडौं | नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ । 

निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो ।  नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो ।  सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए ।  

निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए ।  त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो । ८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेको थिए ।  यात्रुमध्ये प्रज्वल विक्रम राणा कोप–२८ मा भाग लिन दुबई जाँदै थिए । उनी पनि बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पगिसकेका थिए ।


राना बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पसे ।  सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उनले त्यहाँ सोधे पनि– जवाफ आयो, भीभीआईपीको सवार छ । उनीसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११ बजे राखिएको थियो ।

उनीहरुले कर्मचारीसँग सोधे । त्यहाँको कर्मचारीले फ्लाइट दुई घण्टा अघि सारेको जानकारी दिए ।  “त्यतिमात्र नभएर फ्लाइट सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं,” भन्दै कर्मचारीले जवाफ दिए । जबकि ३१ जनामध्ये एक जनालाई पनि फ्लाईटको विषयमा कुनै पनि सूचना आएको थिएन । उनीहरु अक्कबक्क परे ।

उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।  “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उनलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए ।

राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौंको एक होटलमा राखिएको छ । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ ।

एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले कुरा गर्दै भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उनीहरु किन छुटे भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट पठाउनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार