१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एपीएफलाई ११ रनले हराउँदै मधेस प्रदेश केपी ओली कपको फाइनलमा

१४ मंसिर २०८०, बिहीबार १०:४८

मङ्सिर १४, पोखरा  |  विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

मधेसले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनमात्र बनाउन सक्यो ।


२२ रनमा २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले शतकीय साझेदारी गरेका थिए । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्कीले १३, सुमित महर्जनले १३, असिफ शेखले ४ र पुरन विकले ४ बनाउँदा अरुण ऐरी र अमर रौटेला शून्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका विशाल पटेलले ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले समान २-२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धशतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ र शेख ३२ बलमा ५० रन बनाएर आउट भएका थिए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ र पुरन विकले १ विकेट लिएका थिए ।

यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार