१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते

१४ मंसिर २०८०, बिहीबार ११:२२

मङ्सिर १४, बर्दिया | बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्। 

दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२ वर्षीया सीता चौधरी घाइते भएका हुन्।  


पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुर नजिकै दुलही लिएर पश्चिमतर्फ गइरहेको बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो।

स्कार्पियो दुर्घटना हुँदा त्यसमा सवार ८ जना घाइते भएका छन्। बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार चालक फरार  छन्।

घाइतेहरूको अवस्था मध्यम छ। ७ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सिन्धुलीबाट दुलही लिएर कञ्चनपुर गइरहेको गाडी बर्दियामा दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार