२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरु महिलामाथि आँखा लगाएको भन्दै महिलाले लगाइन् ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

२०८०, १५ मंसिर शुक्रबार ०६:२२

मङ्सिर १५, काठमाडौँ | अमेरिकामा आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् ।

अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनमा आह्रिस उत्पन्न भएको थियो । अन्ततः नोभेम्बर २५, शनिवारको रातमा झगडाले उग्र रुप लियो र भौतिक आक्रमणसम्म पुग्यो ।


आफ्नो पार्टनर सोफामा पल्टिरहेको मौकामा जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरिन् ।

रिसको झोँकमा ब्वायफ्रेण्डको आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लाग्यो र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगियो । ती महिला तत्कालै घटनास्थलबाट फरार भइन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पार्यो र पक्राउ गर्यो ।

उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश गरेको थियो । तर हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश