2026-07-25 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतलाई हराउन पाकिस्तानले २६० रन बनाउनु पर्ने

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि दुई सय ६० रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५९ रन बनायो । भारतका लागि तीन ब्याट्सम्यानले अर्धसतकीय पाली खेले । ओपनर ब्याट्सम्यान आदर्श सिंहले ६२ रन बनाए ।

उनले ८१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनले आर्सिन कुलकणर्ीसँग ओपनिङ विकेटका लागि ३९ रनको साझेदारी गरे । कुलकणर्ी भने २४ रन बनाउँदै पेभेलियन फर्किए ।

चौथो नम्बरका ब्याट्सम्यान उदय सहरनले पनि ६० रन बनाए । भारतीय टोलीका कप्तानसमेत रहेका उदयले ९८ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । सचिन दासले ५८ रन बनाए । उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । 

भारतले अतिरिक्त रुपमा २० रन पाएको थियो । पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४६ रन खर्चिए । अमिर हसन र उबैद शाहले पनि दुई—दुई विकेट हात पारे । अर्को एक विकेट अराफत मिनहसले लिए ।

समूह ‘ए’ अन्तर्गतको खेलमा भारत र पाकिस्तानले यसअघि एक—एक खेल जितिसकेका छन् । त्यसैले आइतबारको खेलमा विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली