2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

मङ्सिर ३०, जाजरकोट | कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् । 

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्घर्ष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म रकम प्राप्त भएको छैन । राज्यले दिने रकमको प्रतीक्षामा उनी छन् ।      

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिकरुपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका–१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताए । उनले भने, “यता घर भत्किएका छन्, त्रिपालबाट कहिले निस्कने बाबा रु, हाम्रो घर कहिले बनाउने भन्दै छोरा, छोरीले हजार पटक प्रश्न गर्छन् ? अब के उत्तर दिनु ।” 

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, “बारेकोटमा पर्याप्त मात्रामा राहत सामग्री नआउँदा कठिनाइ खप्नु परेको छ । त्रिपाल प्राप्त भएका छन् तर तिनलाई जोड्ने कुनै पनि सामग्री आएका छैनन्  खुला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ ।”

नलगाड नगरपालिकामा  अस्थायी आवास निर्माण बनाउन बजेट  प्राप्त भएको छैन । जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको स्पष्ट गरेको छ । भूकम्पप्रभावित जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा दुई हजार पाँच सय ४९ परिवार, नलगाड नगरपालिकामा आठ हजार ९७, छेडागाड नगरपालिकामा तीन हजार छ सय ६४, बारेकोटमा पाँच हजार पाँच सय ८६ परिवार, कुशेमा पाँच हजार दुई सय ८६, जुनिचाँदेमा दुई हजार पाँच सय ३६, शिवालयमा तीन हजार तीन सय नौ गरी जम्मा ३१ हजार ५५ घर परिवारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन् । 

हालसम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा रु छ करोड ३७ लाख २५ हजार, नौ करोड १६ लाख, बारेकोटमा रु १३ करोड ९६ लाख ५० हजार, कुशेमा रु १३ करोड २१ लाख ७५ हजार, शिवालयमा रु आठ करोड २७ लाख २५ हजार प्रदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ