2026-06-17 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुस पुगेको १ महिनापछि ‘युद्धमा हिँडे’ भन्दै भ्वाइस म्यासेज छाडेका नेपाली युवक सम्पर्कविहीन

पुष ४, काठमाडौँ | रुसमा काम गर्न गएका युवक सम्पर्कविहीन भएको भन्दै नेपालमा रहेका आफन्त प्रहरीकहाँ पुगेका छन् । ओखलढुंगाका ३१ वर्षीय युवक गत भदौ १ गते रुसमा कम्पनीमा काम गर्न भन्दै त्रिभुवन विमानस्थलबाट उडेका थिए ।

आफन्तका अनुसार रुसमा पुगेको तीन दिनपछि ती युवकले आफू रुसी सेनामा भर्ना भएको जानकारी आफन्तलाई गराएका थिए । असोज १ गते ‘युद्धमा हिँडे’ भनेर भ्वाइस म्यासेज छाडेका ती युवक सम्पर्कविहीन भएको भन्दै खोजिदिन आग्रह गर्दै आफन्त प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो पुगेका छन् ।

‘युवकले रुस जान १२ लाख रुपैयाँ बुझाएको देखिन्छ । सेनामा भर्ना हुन जान लागेकोबारे परिवारलाई केही पनि नबताएको आफन्तको कुराबाट थाहा हुन्छ’, ब्युरोका एक अधिकारीले भने ।

मंसिर २६ गते युवकका आफन्त खोजिदिन आग्रह गर्दै ब्युरो पुगेका थिए । तर, त्यसपछि उनीहरु प्रहरी सम्पर्कमा छैनन् ।

‘हामीलाई खोजिदिनु पर्‍यो भनेर निवेदन लिएर आउनुभयो । भोलिपल्टदेखि उहाँहरु सम्पर्कमा हुनुहुन्न’, ती अधिकारीले भने । उनका अनुसार ती युवकले परिवारलाई रुसी सेनामा भर्ना भएको तस्विरहरु पनि पठाएका थिए ।

अनुसन्धानका क्रममा ती युवक नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस उडेको पाइएको छ । उनी कुन भिषामा रुस उडेका थिए भन्नेबारे अध्यागमन विभागले खुलाउन सकेको छैन । प्रहरीले ती युवकलाई रुससम्म पुर्‍याउने व्यक्तिको खोजी गरिरहेको छ ।

ब्युरोका अधिकारीका अनुसार ती युवक यूएईमा केही वर्ष काम गरेर नेपाल फर्किएका थिए । राम्रो पारिश्रमिक पाउने प्रलोभनमा उनी रुस पुगेको हुनसक्ने अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ