२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजराइलले आक्रमकता नरोकेसम्म बन्धक रिहा नगर्ने हमासको चेतावनी

२०८०, ६ पुष शुक्रबार ०७:४९

पुस ६, काठमाडौँ | इजराइल र हमासबीच युद्धविरामको सम्भावना कम हुँदै गएको छ। दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।

बीबीसीका अनुसार हमासले जबसम्म युद्ध अन्त्य हुँदैन तबसम्म इजराइली बन्धकलाई रिहा नगर्ने बताएको छ। हमासले एक बयान जारी गर्दै जबसम्म इजराइल आक्रमकता अन्त्य गर्दैन तबसम्म बन्धकलाई रिहा नगर्ने प्यालेस्टिनी नागरिकले निर्णय गरेको बताएको हो।

युद्धविरामको विषयमा इजिप्टमा वार्ताको प्रयास भइरहेको छ। बुधवार भएको कुराकानीमा कुनै ठोस सहमति हुन सकेन।

यसैबीच, हमासले गाजा पट्टीबाट इजराइलको राजधानी तेलअभिवमाथि आक्रमण तीव्र बनाएको छ। बिहीवार हमासले तेलअभिवलाई लक्षित गरी कैयौं रकेट प्रहार गरेको बीबीसीले जनाएको छ।

इजराइली सेनाले पनि गाजामाथिको आक्रमण तीव्र बनाउँदै गएको छ। पछिल्लो २४ घन्टामा इजराइली सेनाले हमासको ३ सयभन्दा बढी केन्द्रलाई नष्ट पारेको दावी गरेको छ।

हालसम्म इजराइली आक्रमणमा परी २० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५६ हजारभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय