२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलाको आँसुको गन्धले हराउँछ पुरुषको रिस

२०८०, ८ पुष आईतवार १२:००

एजेन्सी । महिलाले कुनै पनि झगडामा आँसुलाई हतियार बनाउँछन् भन्ने आरोप लगाउँछन् धेरै पुरुषहरु । खैर, यो त बहसको एउटा अलग्गै मुद्दा हुनसक्छ । तथापि धेरैले अनुभव गर्ने कुरा के हो भने प्रायः जब कुनै दम्पतीमा झगडा हुन्छ तब महिला रुन थाल्छन्, जसका कारण पुरुषको रिस र आक्रोश मत्थर भएर जान्छ र धेरै हदसम्म झगडा नै फासफुस हुन्छ । त्यसैले हाम्रो आम भनाइ यो छ कि महिलाको आँसुको अगाडि पुरुष कमजोर हुन्छन् ।

यद्यपि आँसुका अगाडि पुरुष कमजोर हुने कुराको वैज्ञानिक प्रमाण त छैन तथापि आँसु वास्तवमै त्यस्तो हतियारको रुपमा रहेको हुन्छ जसको बारेमा महिला तथा पुरुष आफैंलाई थाहा हुँदैन। अनि महिलाको आँसुले पुरुषमा आक्रामकता घटाइदिने एक अध्ययनले देखाएको छ ।


आँसुमा हुन्छ रासायनिक संकेत

हालैको अध्ययनले गरेको खुलासा निकै आश्चर्यजनक छ । पीएलओएस बायोलोजी नामक जर्नलमा बिहिबार प्रकाशित शोध रिपोर्ट अनुसार महिलाहरुको आँसुको गन्धले पुरुषको आक्रोशलाई मत्थर पारिदिन्छ ।

इजरायलको भिजम्यान इन्स्टिच्युट अफ साइन्सका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा मानिसको आँसुमा एउटा यस्तो रासायनिक संकेत पाइएको छ जसले  आक्रामकता सम्बन्धी मस्तिष्कका दुई हिस्साको गतिविधिलाई सुस्त बनाइदिन्छ ।

शोधकर्ता टोलीका प्रमुख शनि एग्रोनका अनुसार जब उनीहरुले अध्ययनका लागि स्वयंसेवकहरु खोज्न सुरु गरे तब धेरैजसो महिलाहरु अगाडि सरे । किनकि उनीहरुका लागि रुने कार्य सामाजिक रुपमा पनि धेरै स्वीकार्य छ ।

आँसुको गन्धनले घटाइदिन्छ टेस्टोस्टेरोन

भिजम्यान इन्स्टिच्युटले यसअघि गरिएको अध्ययनले पनि पोथी मुसाको आँसुले भाले मुसाहरुबीचको लडाइँलाई कम गर्ने देखाएको थियो । साथै भाले मुसाहरुले पनि अरु आक्रामक मुसाहरुको आक्रमणबाट बँच्नका लागि शरीरमा आफ्नै आँसु समेत लगाउने गरेको अनुसन्धानले देखाएको थियो ।

वैज्ञानिकहरुका अनुसार अन्य विभिन्न अध्ययनहरुबाट समेत आँसुको गन्धले उत्तेजक हर्मोनको रुपमा रहेको टेस्टोस्टेरोन हर्मोनको उत्सर्जनमा कमी ल्याउने देखाएको छ ।

शोधकर्ता एग्रोनले न्युजविकलाई बताए अनुसार आँसुको गन्ध सुँघेसँगै पुरुषमा टेस्टोस्टेरोन हर्मोनको स्तर कम हुने पछिल्लो नतिजालाई हेर्दा पनि आँसुले आक्रामकतालाई कम गर्ने कुराको पुष्टि हुन्छ ।

उनको अनुसार मुसामा देखिएको उक्त प्रभाव मानिसमा पनि पर्ने आकलन अनुसार प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसको नतिजाबाट आफूहरु आश्चर्यचकित भएको उनको भनाइ छ ।

झण्डै आधाले घट्यो बदलाको भावना

शोधकर्ताका अनुसार अनुसन्धानका क्रममा सहभागी गराइएका स्वयंसेवक पुरुषहरुलाई एउटा कम्प्युटर गेम खेल्न दिइएको थियो, जसको उपयोग अन्य खालका आक्रामकता सम्बन्धी अध्ययनमा पनि गरिन्थ्यो । त्यसमा खेलाडीहरुले पैसा एकत्रित गर्दथे र अगाडि रहेको खेलाडीले उनीहरुको पैसा चोर्ने प्रयास गर्दथ्यो । यस्तोमा खेलाडीले बदला लिन सक्छन् वा अगाडिको त्यस खेलाडीको पैसा चोर्न सक्दछन् ।

अध्ययनका क्रममा के पाइयो भने यो खेलका क्रममा महिलाहरुको आँसुको गन्ध सुँघेपश्चात् पुरुषहरुमा बदला लिने भावनामा ४३.७ प्रतिशतले कमी आयो । यो नतिजा मुसामा गरिएको अध्ययनको नतिजासँग मिल्दो छ ।

तर मुसामा जस्तो गन्धहीन रासायनिक संकेत पत्ता लगाउने क्षमता मानिसको नाकमा भने हुँदैन । त्यसैले शोधकर्ताहरुले ६२ जना पुरुषमा गहन अध्ययन गर्दा त्यसमध्ये चार जनालाई आँसुले नै फरक पार्यो, त्यसको गन्धले होइन ।

उनीहरुले अनुसन्धानमा लिइएका सहभागीहरुलाई एमआरआई मेसिनमा जोडेका थिए । त्यसैले आँसुको गन्ध सुँघेपश्चात् पुरुषको मस्तिष्कको आक्रामकतासँग सम्बन्धित क्षेत्र प्रिफन्टल कर्टेक्स कम सक्रिय थियो ।

तर घरेलु हिंसाका घटनामा भने आँसुको काम छैन

लिभरपुल जोन मुरेस विश्वविद्यालयका मनोवैज्ञानिक डाक्टर मिन्न ल्योन्सले गार्जियन पत्रिकालाई बताए अनुसार इजरायलमा गरिएको यो अनुसन्धानको नतिजा निकै उल्लेख्य छ । तर यसलाई पूर्णरुपमा सही मान्न भने सकिंदैन । उनका अनुसार वास्तविक जीवनमा चिजहरु फरक तरिकाले चल्दछन् ।

घरेलु हिंसाका घटनामा आँसुले अपराधीको आक्रामकता कम गर्नमा निकै कम मात्रै मद्दत गर्दछ । आखिर घरेलु हिंसामा पर्ने महिलाहरुको आँसुको रासायनिक संकेतले हिंस्रक पुरुषमा किन कुनै प्रभाव पार्दैन त ? ल्योन्स भन्छिन्, ‘रोदनको सामाजिक सन्दर्भ निकै जटिल हुन्छ र मलाई शंकै लाग्छ कि आँसु घरेलु हिंसाको सन्दर्भमा यसमा सफल हुनसक्छ ।

यद्यपि आक्रामकता घटाउने अन्य धेरै विषयमध्ये आँसु पनि केवल एउटा चिज हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय