२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घट्न थाल्यो ब्याजदर, कुन बैंकबाट पाइन्छ सस्तो कर्जा ?

२०८०, ९ पुष सोमबार ०८:५६

पुस ९, काठमाडौँ | वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर सस्तिन थालेको छ । बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्समासमेत वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ । 

निक्षेपमा उल्लेख्य वृद्धि हुँदै जाँदा कर्जासमेत सस्तिँदै गइरहेको तथ्यांकले देखाएको छ ।

बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा पुसमा घटेको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुसमा ८.९९१ प्रतिशत ब्याज कायम गरेका छन ।  समग्रमा बैंकहरूको औसत ब्याजदर ०.६२ प्रतिशत विन्दुले घटेको छ । 


निक्षेपको ब्याजदर घट्दा बैंकहरूको पुँजी स्रोतको लागतसमेत घट्छ। यसले बैंकहरूको आधार दर समेत घट्न सहयोग पुग्छ। जसको कारण बैंकहरुको वेसरेट घटेर कर्जा सस्तिन थालेको छ। 

निक्षेपको ब्याजदरमा आउने परिवर्तनले आधार दरलाई प्रभावित पार्छ । निक्षेपमा ब्याजदर बढेमा आधार दरसमेत बढ्ने गर्छ भने घटेमा आधार दरसमेत कम हुने गर्छ । 

बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरको आधारमा औसत आधार दर निकाल्छन। यसरी निस्कने आधार दर नै कर्जामा लागू हुन्छ। 

बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेका छन्।

कतिपय बैंकहरुले प्रिमियम छुट दिएर समेत कर्जा प्रवाह गरिरहेका छन। एनआईसी एसिया बैंकले कर्जामा ३ प्रतिशत मात्रै प्रिमियम लिने सूचना समेत जारी गरीसकेको छ। 

बैंकहरूबाट ग्राहकले कर्जा लिँदा ब्याजदर निर्धारण गर्दा आधार दरमा मोलमोलाई गर्न पाउँदैनन्। 

बैंकले ग्राहकको सम्बन्ध र मोलमोलाई क्षमताअनुसार प्रिमियममा थपघट गरेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। त्यसैले ग्राहकले पहिले नै थोरै आधार दर भएका बैंक रोजेर कर्जा लिनु उपयुक्त हुन्छ।

कुन बैंकको आधार दर कति? 

मंसिरको तुलनामा पुसमा कुमारी बैंकको कर्जाको ब्याजदर सस्तिएको छ। कुमारी बैंकको आधार दर १०.७८ प्रतिशत रहेको छ। हाल बैंकले आधार दरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा दिँदै आइरहेको छ। 

बैंकले पुस १६ गतेपछि प्रिमियम ३.५ प्रतिशत लिने सूचना जारी गरेको छ। मंसिरमा यस बैंकको आधार दर १०.८९ प्रतिशत थियो। 

सानिमा बैंकको आधार दर ९.५९ प्रतिशत रहेको छ। मंसिरमा बैंकको आधार दर ९.७७ प्रतिशत थियो। मसिरको तुलनामा बैंकको आधार दर घटेपछि कर्जाको ब्याजदर समेत कम भएको छ। 

त्यसैगरी, नेपाल एसबीआई बैंकको आधार दर ९.९३ प्रतिशत छ। मंसिरमा बैंकको औषत आधार दर १०.०७ प्रतिशत थियो। 

सिटिजन्स बैंकको आधार दर घटेको छ। मंसिरको तुलनामा पुसमा बैंकको आधार दर ०.२३ प्रतिशत विन्दुले घटेको छ। पुसमा बैंकको आधार दर १०.३९ प्रतिशत रहेको छ। 

नबिल बैंकको बेसरेट ९.३० प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६६ प्रतिशत, प्रभु बैंकको ९.६६ प्रतिशत, स्टान्डर्ड चाटडर्ड बैंकको ८.२२ प्रतिशत छ।

त्यसैगरी हिमालयन बैंकको १०.६२ प्रतिशत, एभरेष्ट बैंकको ९.२१ प्रतिशत, माछापुच्छे बैंकको ९.८६ प्रतिशत, एनएमबि बैंकको ९.९० प्रतिशत, नेपाल बैंकको ९.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.३९ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशत र ग्लोबल आइएमई बैकको आधार दर ९.८ प्रतिशत रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय