कात्तिक १, काठमाडौँ | वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ । 

ट्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, काठमाडौँ | वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ । 

ट्रा"/>

2026-07-06 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् दुनियाका सबैभन्दा असुरक्षित देशहरु, नेपाल कतिऔं स्थानमा ?

कात्तिक १, काठमाडौँ | वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित देश बनेको छ । 

ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस रिपोर्ट, २०१५ का अनुसार नेपाल सेफ्टी एण्ड सेक्योरिटी सूचकांकमा कूल १४१ देशमा १ सय १३ औँ स्थानमा परेको छ । सुरक्षा सूचकमा नेपालले ४.५२ अंक पाएको छ ।

रिपोर्ट अनुसार फिनल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशको रुपमा रहेको छ भने अफ्रिकी देश नाइजेरिया सबैभन्दा असुरक्षित अर्थात् खतरनाक देशको रुपमा गिनिएको छ । फिनल्याण्डको ६.७ अंक छ भने नाइजेरियाको २.७५ अंक रहेको छ ।

विश्वको सबैभन्दा सुरक्षित गन्तव्यको रुपमा दोश्रो स्थानमा कतार रहेको छ । त्यस्तै युएइ तेश्रो, आइसल्याण्ड चौथो र अस्टि्रया पाचौँ स्थानमा रहेका छन् ।

त्यस्तै विश्वका सबैभन्दा असुरक्षित पाँच देशमा नाइजेरियापछि कोलम्बिया रहेको छ । यमन तेश्रो असुरक्षित देशको रुपमा रहेको छ भने दक्षिण एसियाली मुलुक पाकिस्तान चौथो असुरक्षित देश रहेको छ । पाकिस्तानपछि भेनेजुलयला रहेको छ ।

रिपोर्ट अनुसार भारत १३ औँ असुरक्षित देशको रुपमा रहेको छ भने रुस १६ औँ असुरक्षित देशको रुपमा छ । त्यस्तै बंगलादेश २७ औँ असुरक्षित देशको रुपमा रहेको छ ।

विश्वका सुरक्षित देशको सूचिमा जापान २२ औँ, भुटान २६ औँ तथा चीन ५८ औँ स्थानमा रहका छन् । श्रीलंका ५३ औँ स्थानमा छ भने बेलायत ६३ औँ र अमेरिका ७३ औँ स्थानमा रहेका छन् ।

सामान्य अपराधको क्षति तथा हिंसाका साथै आतंकवाद र अपराध रोकथाममा पुलिसमाथि भर पर्न सकिने अवस्था लगायतका सूचकका आधारमा यस्तो सूचि तयार पारिएको रिपोर्टमा उल्लेख छ ।

ऋफगानिस्तान, इराक, युक्रेन, लिबिया तथा उत्तर कोरिया जस्ता देश भने यसमा समावेश गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो