कात्तिक १, झापा | ‘काम कर, फलेर आश नाकर १’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, झापा | ‘काम कर, फलेर आश नाकर १’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अ"/>
2026-07-06 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद

कात्तिक १, झापा | ‘काम कर, फलेर आश नाकर १’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गर्नुभएको छ, कनकाई–९ निवासी पवन राजवंशीले । 

यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गर्नुभएको गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ । स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मनुभएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुनुहुन्छ । उहाँलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो । 

प्रायः यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आउनुभएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुनुहुन्छ । तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो – “जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ ।” चित्रकलामा विशेष दखल राख्ने पवन साधा जीवन जिउनुहुन्छ । राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिसक्नु भएका उहाँ आम नेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बन्नुभएको छ । 

उहाँले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरिसक्नुभएको छ । यतिबेला उहाँ झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आउनुभएको छ । 

कुनै बखत उहाँ झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्नुहुन्थ्यो । त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याउनुभएको रहेछ । उहाँ भन्नुहुन्छ, “आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो