२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुसी जहाज दुर्घटनामा परेर ६५ युक्रेनी युद्धबन्दीको मृत्युः आक्रमण आफूले गरेको युक्रेनी दाबी

२०८०, १० माघ बुधबार ११:५८

माघ १०, काठमाडौँ | रुसको सैन्य जहाज दुर्घटना हुँदा ६५ जना युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ । आईएल- ७६ जहाजले युक्रेनी युद्धबन्दीलाई बोकेर यात्रा गरिरहँदा दुर्घटना भएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।


रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनी सीमा क्षेत्रको बेलगोरोध क्षेत्रमा दुर्घटना भएको हो । रुसी रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार ६५ युक्रेनी युद्धबन्दीसहित ६ चालक दलका सदस्य र तीन अन्य सहयोगीको पनि मृत्यु भएको छ ।

युक्रेनी युद्धबन्दीलाई फिर्ता गर्ने प्रक्रियामा गएको यात्राको जहाज दुर्घटना भएको बताइएको छ । दुर्घटना रुसी समयअनुसार बुधबार बिहान ११ बजे भएको हो ।

आरटीका अनुसार युक्रेनी दैनिक अखबार युक्राइन्सकाया प्राभ्दाले भने युक्रेनी सैन्य स्रोतलाई साभार गरेर जहाज युक्रेनले झारेको दाबी गरेको छ । युक्रेनी दाबीमा भने जहाजमा एस-३०० मिसाइल प्रतिरक्षा प्रणालीका सामान बोकेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो