२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडा पठाइदिन्छु भन्दै ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

२०८०, ११ माघ बिहीबार ०५:३१

माघ ११, पोखरा | क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना क्यानेडियन र भारतीयसमेत रहेका छन् । 

मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्र्तवार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो । 

पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा रहेकाले सिधैं भिषा निकाल्ने प्रलोभन देखाएर अन्र्तवार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । ‘अन्तरवार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तरवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा फेला पार्‍यौं’, उनले भने । 

पक्राउ पर्नेमा पार्वती सुनारसहित  पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यस्तै क्यानेडाका स्थायी ठेगनाका भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन् । 

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्वामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ । 

अन्तवार्ता दिने करिब ३० जना थिए  । ‘कोही भर्खर पढ्दै प्लस टु पढ्दै गरेका थिए । होटलमा काम गर्दै गरेका पनि भेटिए । अझै केही सम्पर्कमा आउन बाँकी छ’, डिएसपी विकले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो