२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लामो समयपछि आपसमा भिड्दै मेस्सी र रोनाल्डो

२०८०, ११ माघ बिहीबार ०६:३७

माघ ११, काठमाडौँ | समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्वभर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् ।

पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे ।

तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेस्सी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।


अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् ।

तर, अब छिट्टै समकालीन विश्व फुटबलका यी दुई महान खेलाडी पुनः एपटक एक–अर्काविरुद्ध मैदानमा देखा पर्ने भएका छन् । अल नासर र इन्टर मियामीबिच आगामी फेब्रुअरी १ तारिखमा साउदी अरेबियामा खेलन हुने भएको छ ।

उक्त खेलमा इन्टर मियामीबाट मेस्सी र अल नासरबाट रोनाल्डो पनि मैदानमा ओर्लने भएका छन् । साउदी अरेबिया भ्रमणका क्रममा मेस्सीको क्लब इन्टर मियामीले अल हिलालसँग पनि खेल्ने कार्यक्रम रहेको छ । ब्राजिलियन स्टार खेलाडी नेमार हाल अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।

तर, ३१ वर्षीय नेमार हाल घाइते अवस्थामा रहेकाले उनी मैदानमा देखा पर्ने छैनन् । यी खेल जनवरी २९ देखि फेब्रुअरी ८ तारिखसम्म सञ्चालन हुने रियाद सिजन कपका क्रममा खेल्न लागिएको हो । इन्टर मियामी र अल हिलालबिचको खेल भने जनवरी २९ तारिखमा हुनेछ ।

साउदी फुटबलमा रोनाल्डोको अल नासर र नेमारको अल हिलाललाई चिरप्रतिद्वन्द्वी क्लबका रुपमा लिइन्छ । यी दुई क्लबबिचको खेल भने फेब्रुअरी ८ तारिखमा खेलिने छ । रियाद सिजन कपमा इन्टर मियामीले आमन्त्रित क्लबका रुपमा सहभागिता जनाउन लागेको हो ।

इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेस्सी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । रियाद सिजन कपका लागि टिकट बिक्री पनि जनवरी १९ तारिखदेखि खुला भइसकेको छ । खासगरी मेस्सीको इन्टर मियामी र रोनाल्डोको अल नासरबिचको खेलको टिकट ब्यापक रुपमा बिक्री भइरहेको छ ।   

मेस्सी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् ।

बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेस्सीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि पास उपलब्ध गराएका छन् ।

यो खेलका लागि थुप्रै समर्थकले ब्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको समाचारमा जनाइएको छ । तर, केही सञ्चारमाध्यमले भने पछिल्लो समय रोनाल्डो घाइते अवस्थामा रहेकाले उक्त खेलमा सहभागिता जनाउन सक्नेमा आशंका पनि ब्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो