२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाहीका लागि अल्टिमेटम दिइँदै

२०८०, १४ माघ आईतवार ०७:४०

माघ १४, काठमाडौँ | काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्। 

आज बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले जानकारी दिए। 


‘हामी आजै गृहमन्त्रीज्यूलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिन्छौँ’, बैठकको निर्णयलगत्तै महासचिव रावलले भने, ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ।’

घटनाबारे छलफल गर्न आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए। 

गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो।

यस घटनाको विरोधमा विभिन्न राजनीतिक दलनिकट संगठनहरू एक ठाउँमा उभिएका हुन्।  

शनिबार मात्र विभिन्न तीनवटा कर्मचारी संगठनका विमानस्थल एकाइले अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जाँचको काम सशस्त्र प्रहरीमार्फत हुनुपर्ने माग राखी विज्ञप्ति जारी गरेका थिए। 

अध्यागमन अधिकृतमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तीन संगठनले विभिन्न ६ बुँदामा आफ्ना माग राखेका थिए। 

विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाट अध्यागमन कर्मचारीलाई जुनसुकै बखत आक्रमण हुन सक्ने जोखिम रहेको, सुरक्षाको प्रत्याभूति नभएर त्रासको अवस्था सिर्जना भएको हुँदा यस्तो अवस्थामा नियमित सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको भन्दै उनीहरूले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह