२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुशलको अर्धशतकमा आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको चुनौती, भट्टले लिए ६ विकेट

२०८०, १५ माघ सोमबार ०७:१९

माघ १५, काठमाडौँ | मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८।३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्मीका लागि सर्वाधिक रन जोडेका कुशल मल्लले अर्धशतक प्रहार गरे ।


६७ बलको सामना गरेका मल्लले १० चौका र ३ छक्का हिर्काउँदै ७५ रन जोडे । सन्दीप रजालीले ३७, वसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, शाहब आलमले २१ तथा इमरान शेखले ९ रन थपे । कप्तान विनोद भण्डारी र भीम सार्की समान २ रनमा आउट हुँदा विवेक यादवले पनि ४ रन मात्र थप्न सके । जितेन्द्र मुखियाले ५ रन थपेको खेलमा आर्मीले अतिरिक्तमा १० रन पायो ।

बलिङतर्फ सुदूरका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए । ९।४ ओभर बलिङ गरेका भट्टले ६३ रन खर्चिए भने नरेन साउदले तीन विकेट लिए । एक विकेट विकाश आग्रीको नाममा रह्यो । आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । शीर्ष २ को यात्रा तय गर्न आर्मी र सुदूर दुवैले यो खेल जित्नै पर्ने दवाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह