२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुरमा मृत फेला जर्मन महिला काभ्रेमा चलाउँथिन आत्मयोग रिसाेर्ट

२०८०, १५ माघ सोमबार ०९:३२

माघ १५, काठमाडौँ | ललितपुरको ग्रिनतारा हेरिटेज एन्ड अपार्टमेन्टको कोठाभित्र मृत फेलो परेकी जर्मन नागरिकले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको छ।

दुई वर्षदेखि नेपालमा बस्दै आएकी ५७ वर्षीया एडिइएलएचइडी डोरा स्नेमेकन बर्गरले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको हो।

मृतक बर्गरको टाउकामा चोट लागेको पाइएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक९एसपी० नवराज कार्कीले जानकारी दिए। ‘टाउकामा चोट लागेको देखिन्छ। अहिले फरेन्सिक चिकित्सकको टोलीबाट अध्ययन भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण प्रस्ट खुलिसकेको छैन।’ प्रहरीका अनुसार उक्त अपार्टमेन्टमा मृतकले नेपाल आए लगत्तै अपार्टमेन्ट लिएको बसेको देखिएको छ।

यसबाहेक मृतकले काभ्रेको नमोबुद्धमा  विशुद्ध आत्मयोग रिसाेर्टकी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।  ‘त्यहाँबाट कहिलेकाहीँ ललितपुर आएर बस्ने गरेको देखिन्छ,’ एसपी कार्कीले भने।

मृतक बर्गर मिर्गौलाको रोगी पनि देखिएको प्रहरीले जनाएको छ। उनी नियमित डायलासिस पनि गर्दै आएकी थिइन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह