२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रूपेन्देहीकाे सियारी गापमा २५० जना सुकुम्बासीलाइ बाँडियाे लालपुर्जा

२०८०, १७ माघ बुधबार ०३:१३

माघ १७, भैरहवा | रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा भएको कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा ३५ हजार लालपूर्जा तयार रहेको राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताए । उनले भने, ‘रुपन्देहीमा अव्यवस्थित र सुकुम्बासी गरी १ लाखको हाराहारीमा हुनुहुन्छ । ’जग्गा प्राप्तीका लागि तिर्नुपर्ने राजस्व धेरै भएको भन्ने नागरिकबाट गुनासो आएको उनले बताए । यसबारे प्रधानमन्त्रीसँग पनि आफूले कुराकानी गरेको उनको भनाइ छ । अब शुद्धोधन र कञ्चन गाउँपालिकामा पनि लालपूर्जा वितरणको तयारी रहेको बताए । ‘अब क्रमशः लालपूर्जा वितरण गर्दै जान्छौं । छिटो भन्दा छिटो घरदैलोमा पुर्याउने प्रयासमा छौं, ’ उनले भने ।

त्यस्तै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्षसहित टीमको प्रयत्नबाट सियारीमा जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सफल भएको बताए । उनले यो कार्यमा खटिने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए ।

उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौं । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उनको भनाइ छ ।

अध्यक्ष घिमिरेले आफूहरु निर्वाचित भएको ६ महिनामा २५० वटा लालपूर्जा वितरण गरेको बताए । उनले फागुन मसान्तसम्म सियारीमा ४५० वटा लालपूर्जा वितरण गरिने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि राजनीतिक गन्ध नआउने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘कुनै पनि अनियमितता, गुनासा र उजुरी नआउने गरी काम गर्न म आग्रह गर्दछु । ’लालपूर्जा पाएको भन्दा पनि नपाएको व्यक्तिले मैले यसकारणले पाएन भनेर बताउन सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द के.सी.ले सियारी गाउँपालिकाले राम्रो काम गरेको भन्दै धन्यवाद दिए । नेपाली कांग्रेसका नेता गोपाल पाण्डेले लालपूर्जा दिलाउन अथक प्रयास गरेको सबैलाई धन्यवाद दिए ।

नेकपा (एमाले)का नेता विनोद सहानीले लालपूर्जा वितरण कार्यलाई व्यवस्थित गरेको भन्दै सियारी गाउँपालिकालाई धन्यवाद दिए । सियारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जनताको सेवा र गाउँपालिकाको विकासमा लागि परेको बताए ।

लालपूर्जा प्राप्त गर्ने नीम बहादुर नेपालीले सियारी अध्यक्ष थानेश्वर घिमिरेले नागरिकको घरदैलोमा पुगे समस्या बुझेर समाधान गर्नुभएको बताए । राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला सदस्य यमलाल तिवारीको स्वागत तथा बद्रे आलमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह