२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नर्भिक हस्पिटलकाे शनिवार नि:शुल्क ओपिडी सेवा

२०८०, १७ माघ बुधबार १०:५३

माघ १६, काठमाडौँ | नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो । 


नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । 

नि:शुल्क ओपिडी सेवा बिहान १० बजेदेखी अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । नि:शुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधरण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित् विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह