२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शोकमा डुब्यो सुरुङ्गा, भेटवाललाई पितृ शोक

२०७३, २ कार्तिक मंगलवार १३:२७

गौरव पोखरेल | कात्तिक २, सुरुङ्गा । झापाका युवा सामाजिक अभियान्ता सुनिल भेटवाललाई पितृ शोक परेको छ । उनका बुबा अग्नी भेटवालको सोमबार मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–१, जुके कल्भर्टमा यात्रुबहाक बसले उनका बुबा सवार मोटरसाइकललाई ठक्कर दिँदा चालक तिलविक्रम थेबेसहित भेटवालको निधन भएको थियो ।

६० वर्षीय अग्नी भेटवाल झापाका पुराना वामपन्थी नेता युक्त भेटवालका दाजु हुन् । उनी यस क्षेत्रमा मिलनसार र सहयोगी सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए । 

स्थानीयका अनुसार सुरुङ्गाको नयाँ वस्तीमा घर भएका भेटवाल आइतबार जामुनबारीमा छोडेको चस्मा लिन गएका थिए । उनी आफ्नो मिलनसार साथी थेबेसँग गएका त्यहाँ हिँडेका थिए ।

श्रीमतिलाई समेत नभनि साथीसँग चस्मा लिन विहान हिँडेका उनी ९:१५ तिर चस्मा लिएर त फर्किए । तर, जुके कल्भर्ट कट्न पाएनन् । 

बाटो काट्ने क्रममा उनलाई बसले ठक्कर दियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ३५९६ नम्बरको बसले उनी सवार मोटरसाइकलाई ठक्कर दिएको थियो । 

अन्ततः मे ५ प ३८५३ नम्बरको मोटरसाइकलमा सवार दुवै गम्भीर घाइते बने । थेबेले मोटरसाइकल हाँकेका थिए । भेटवाल पहिले बस व्यवसायी समेत थिए । 

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सवारी र चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । यद्यपी, बस तीब्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले अनुमान गरेको छ । 

स्वर्गीय भेटवाल परिवारका जेठा छोरा हुन् । हाल उनका आमा नरमाया भेटवाल, २ श्रीमति हिमादेवी र कृष्णा, ४ छोरा, २ बुहारी सुनिल र देवकला, नारायण र सुष्मा, सरोज र अंकित भेटवाल रहेको पारिवारिक स्रोतले जनाएको छ । 

उता, सवारी चालक स्व. थेबे कांग्रेस नेता देउमान थेबेका दाजु हुन् । पिता किर्तिमान र आमा दधिमायाका माइला छोरा थेवेको श्रीमति सावित्रा, ४ छोरा÷२ बुहारी अमित र विमला, अनिल र नुमा, अजय र अविशेक छन् । साथै, छोरी डिम्पल छिन् । 

मोटरसाइकल दुर्घटनाबाट निधन भएका दुवैको सोमबार नै कनकार्ई आर्यघाटना दाहसंस्कार गरिएको छ । घटनाले अहिले कनकाई नगर क्षेत्र शोकमग्न बनेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित