८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शोकमा डुब्यो सुरुङ्गा, भेटवाललाई पितृ शोक

२ कार्तिक २०७३, मंगलवार १३:२७

गौरव पोखरेल | कात्तिक २, सुरुङ्गा । झापाका युवा सामाजिक अभियान्ता सुनिल भेटवाललाई पितृ शोक परेको छ । उनका बुबा अग्नी भेटवालको सोमबार मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–१, जुके कल्भर्टमा यात्रुबहाक बसले उनका बुबा सवार मोटरसाइकललाई ठक्कर दिँदा चालक तिलविक्रम थेबेसहित भेटवालको निधन भएको थियो ।

६० वर्षीय अग्नी भेटवाल झापाका पुराना वामपन्थी नेता युक्त भेटवालका दाजु हुन् । उनी यस क्षेत्रमा मिलनसार र सहयोगी सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए । 

स्थानीयका अनुसार सुरुङ्गाको नयाँ वस्तीमा घर भएका भेटवाल आइतबार जामुनबारीमा छोडेको चस्मा लिन गएका थिए । उनी आफ्नो मिलनसार साथी थेबेसँग गएका त्यहाँ हिँडेका थिए ।

श्रीमतिलाई समेत नभनि साथीसँग चस्मा लिन विहान हिँडेका उनी ९:१५ तिर चस्मा लिएर त फर्किए । तर, जुके कल्भर्ट कट्न पाएनन् । 

बाटो काट्ने क्रममा उनलाई बसले ठक्कर दियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ३५९६ नम्बरको बसले उनी सवार मोटरसाइकलाई ठक्कर दिएको थियो । 

अन्ततः मे ५ प ३८५३ नम्बरको मोटरसाइकलमा सवार दुवै गम्भीर घाइते बने । थेबेले मोटरसाइकल हाँकेका थिए । भेटवाल पहिले बस व्यवसायी समेत थिए । 

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सवारी र चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । यद्यपी, बस तीब्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले अनुमान गरेको छ । 

स्वर्गीय भेटवाल परिवारका जेठा छोरा हुन् । हाल उनका आमा नरमाया भेटवाल, २ श्रीमति हिमादेवी र कृष्णा, ४ छोरा, २ बुहारी सुनिल र देवकला, नारायण र सुष्मा, सरोज र अंकित भेटवाल रहेको पारिवारिक स्रोतले जनाएको छ । 

उता, सवारी चालक स्व. थेबे कांग्रेस नेता देउमान थेबेका दाजु हुन् । पिता किर्तिमान र आमा दधिमायाका माइला छोरा थेवेको श्रीमति सावित्रा, ४ छोरा÷२ बुहारी अमित र विमला, अनिल र नुमा, अजय र अविशेक छन् । साथै, छोरी डिम्पल छिन् । 

मोटरसाइकल दुर्घटनाबाट निधन भएका दुवैको सोमबार नै कनकार्ई आर्यघाटना दाहसंस्कार गरिएको छ । घटनाले अहिले कनकाई नगर क्षेत्र शोकमग्न बनेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता