२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड

२०८०, २९ माघ सोमबार ०९:०९

माघ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।


‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।’

प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित