२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्फ्यूमै पुरानै सहमतिअनुसार सरस्वतीकाे मूर्ति विसर्जन गर्ने, तीनजना डीआईजी खटिए

२०८०, ७ फाल्गुन सोमबार ०८:५२

फागुन ७, रौतहट | रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मुर्ति बिसर्जन गरिने निर्णय गरिएको छ। निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीनजना डिआईजी रौतहटका परिचालित भएका छन। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई कार्वान्वयन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

सिडिओ हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी  पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव र सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

संघीय संसद किरण कुमार साहको पहल तथा सिडियो रेग्मीको अध्यक्षतामा ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्न लैजाने सहमति भएको थियो। 

सोही सहमती अनुसार मुर्ति बिसर्जन गर्न जनप्रतिनिधि सहित प्रशासन प्रमुख सहितको टोली केहीबेर अघि ईशनाथ ७ घिउरा गाउँ तर्फ रवाना भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकि छन्।  शनिबार भएको सोही सहमतिअनुसार शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समुहमाथि  घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।

स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए ।कर्फ्यू अवधिमै उच्चश्रृंखल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ।  सिडिओ रेग्मीले आइतबार एक सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको थियो ।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यू जारी गरिएको थियो। कर्फ्यू अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको छ।

साथै यस सम्प्रदायिक विवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ। पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।

रौतहट संसदीय निर्वाचन क्षेत्र-२ मा पछिलो लामो समयदेखि हिन्दू समुदायले गर्ने धार्मिक अनुष्ठानमा अनेक प्रकारले हस्तक्षेप हुँदै आएको स्थानीयले बताएका छन्। यसैबीच सांसद किरण कुमार साहले पुरानो सहमतिविपरीत गरेकामाथि कारबाही र आक्रमणमा भएको क्षतिको यकिन गरी क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन