२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउने

२०८०, ८ फाल्गुन मंगलवार १०:३२

फागुन ८, सर्लाही | सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । सर्लाहीकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटनका लागि फागुन १२ गते उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही आउने भएका छन् । 

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बागमती नगरपालिकाले फागुन १२ गते शनिबार वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ ।  “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले बताए ।

शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन नगरपालिकाले शैक्षिक महोत्सव आयोजना गरियको बागमती नगरपालिका नगर प्रमुख भरत थापाले बताए । उनका अनुसार समुदाय र अभिभावकको अपनत्वमा सामुदायिक विद्यालय रुपान्तरण गर्ने ऐतिहासिक आन्दोलन हुने र नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका तीन हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एकै पटक सामुहिक नृत्य प्रस्तुत समेत गर्ने तयारी भएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम कार्कीले जानकारी दिए । 

एक दिन हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका  समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास  स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ-आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए  । 

विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने भएकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा उपस्थित हुन पनि नगरपालिकाको शिक्षा शाखाले अनुरोध गरेको छ । वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने  करिब २५ लाख  खर्चलाग्ने अनुमान गरिएको बागमती नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ