२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माेटरसाइकललाई साइड दिँदा ट्याक्टर बाँधमा खस्याे, २ जनाको मृत्यु र ७ जना घाइते

२०८०, ९ फाल्गुन बुधबार ११:३६

फागुन ९, काठमाडौँ | गढिमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा  ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र  ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे । उनीहरुलाई पचारका लागि सिटीअस्पताल गरुडा लैजाँदा  चिकित्सकले परीक्षणपछि मृत घाेषणा गरेका हुन् । 

मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।

बुधबार बिहान ११ बजे  सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेकाे उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।

उक्त ट्याक्टमा १७ जना सवार रहेका थिए । जसमध्य दुई जनाको मृत्यु र ७  जना घाइते भएका छन् । घाइतेमध्य एकजना  उपचारपछि घर फर्किएका छन् । बाँकीकाे उपचार प्रादेशिक अस्पताल गाैरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई  साइड दिने क्रममा  ट्याटर बाँधबाट तल खसेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा