२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुल्मीमा २१ वर्षीय युवाको शव फेला

२०८०, ९ फाल्गुन बुधबार ११:४२

फागुन ९, काठमाडौँ | गुल्मीमा २१ वर्षीय युवाको शव फेला परेको छ। जिल्लाको इस्मा गाउँपालिका-६ अम्मरपुरका टीकाबहादुर कुमालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गत माघ २५ गतेदेखि सम्पर्कविहीन भएका कुमालको बुधबार बिहान शव भेटिएको हो।

उनको शव इस्मा गाउँपालिका वडा नम्बर ०६ बुल्म भिरको थाप्लोमा रुखमा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए। स्थानीयले यात्राको क्रममा सडकमा चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कुमालको शव सडकदेखि  १ सय ५० मिटर तल खसेको थियो। घर परिवारले फागुन १ खोजतलासी गरिदिन आग्रह गर्दै धनार्जी प्रहरी चौकीमा उजुरी दिएका थिए। शवलाई पोष्टमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा