२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि …

२०८०, १० फाल्गुन बिहीबार ०५:५०

फागुन १०, काठमाडौँ | बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो।

अपराह्न पौने ५ बजे साहद्वय चढेको ना३६प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो।

जितपुर-सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो।

उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ। बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन्। चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ।

राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत-जावत नगर्न प्रहरीले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा