२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित

२०८०, १० फाल्गुन बिहीबार ०८:४२

फागुन १०, बारा | बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् ।

पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरुको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी-सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९.७५ किलोमीटर निर्माणको क्रममा सडक बिस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन् । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा