१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

११ फाल्गुन २०८०, शुक्रबार ०२:४६

फागुन ११, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। 

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भुभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो नेपाल नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम लिलाबल्लभ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो