२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि पत्नीलाई सामूहिक बलात्कार गराउने पुरुष पक्राउ

२०८०, ११ फाल्गुन शुक्रबार ०६:१७

एजेन्सी | भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लामा एक व्यक्तिले आफ्नै श्रीमतीलाई सामूहिक बलात्कार गराएका छन् । यो अचम्मको घटना जिल्लाको मटाबसैया थाना क्षेत्रको खेडा गाउँको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ६ वर्षसम्म श्रीमती आमा नबन्दा श्रीमानले सन्तान जन्माउने इच्छामा श्रीमतीलाई दुई श्रमिकको हातमा सुम्पेर बलात्कार गर्न उक्साएका हुन् ।


आरोपित पुरुषकै सासुले प्रहरीमा उजुरी दिएकी हुन् । बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका कारण ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना प्रकाशमा आएको ती महिलाको भनाइ छ ।

६ फेब्रुअरीका दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले आरोपपत्रमा उल्लेख गरेकी छन् ।

बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ ।

प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा