२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

२०८०, १६ फाल्गुन बुधबार ०७:११

फागुन १६, काठमाडौं | नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहिवार राति हुने फाइनल खेल गुमाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

नेपाल फुटबल संघ (एन्फा) ले साम्बा फाइनल खेलमा उपस्थित नहुने जानकारी गराएको हो । ‘सावित्रा जोर्डनविरुद्धको फाइनलका लागि राष्ट्रिय टोलीमा छनोटका लागि उपलब्ध नहुने स्पष्ट पार्न चाहन्छौं। यसबाट हाम्रा फ्यानहरूमा निम्त्याउन सक्ने निराशालाई हामी स्वीकार गर्छौं र सावित्राको अनुपस्थिति निस्सन्देह महसुस हुनेछ भनी बुझ्छौं,’ एन्फाले सामाजिक सन्जालमा लेखेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु