२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निजगढ विस्फोटः विस्फोट भएको बस्तु किन्ने र बेच्ने दुबै जनाविरुद्ध कर्तव्य ज्यानमुद्दा दर्ता

२०८०, १६ फाल्गुन बुधबार ११:४०

फागुन १६, वीरगञ्ज | बाराको निजगढ नगरपालिकामा तीन जनाको ज्यान जाने गरी भएको विस्फोट क्रममा पक्राउ परेका एक भारतीयसहित दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा परी घाइते भएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको छ।

वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता कारवाही अघि बढाएको हो।

घटनाको अनुसन्धानको क्रममा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका– ९ बस्ने २९ वर्षका टीकाराम पाख्रिनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका भारतीय नागरिक जयसवाल कवाडी किन्ने व्यक्ति हुन्। उनले नै विस्फोट भएको शंकास्पद वस्तु पाख्रिनसित किनेका थिए।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

दुवै जनालाई अदालतबाट सात दिनको म्याद पनि थप गराइएको उनले बताए।

बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको विस्फोटमा परी घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ–५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका– ९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ।

घाइते तीन जना उपचाररत छन्। वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तुलाई परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध