२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रहस्यमयी बन्दै चितवनकी १३ वर्षीया बालिकाको मृत्यु प्रकरण

२०८०, १८ फाल्गुन शुक्रबार ११:०१

फागुन १८, काठमाडौँ  | चितवनमा १३ वर्षीया बालिकाको मृत्यु प्रकरण रहस्यमयी बनेको छ ।

यही फागुन १२ गते शनिवार पूर्वी चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालीन पोखरेल झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीका अनुसार बालिकाको शव विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो । 

‘शनिवार बिहान १० बजे उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो, तर प्रहरीले भने बिहान १०ः२० बजे खबर आएको थियो,’ प्रवक्ता भण्डारीले भने ।

उनका अनुसार बालिकाका आफन्तले विद्यालयका प्रिन्सिपल, भ्वाइस प्रिन्सिपल र वार्डेनविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरूलाई पक्राउ गरेर ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बालिकाको शव पोस्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले बताए । ‘शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको छ,’ डीएसपी भण्डारीले भने । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय प्रस्ट हुने उनको भनाइ छ ।


बालिकाका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । त्यही आरोपसहित किटानी जाहेरी समेत दिएको भण्डारीले बताए ।

‘बलात्कार भएको भन्दै आफन्तले जाहेरी दिनुभएको छ,’ उनले भने, ‘त्यस विषयमा सत्य तथ्य पोस्टमार्टमपछि मात्रै आउला, हामीले सबै विषयमा अनुसन्धान गरिरहेका छौं ।’

घटनास्थलमा एउटा सुसाइड नोट फेला परेको उनले बताए ।

‘सुसाइड नोट पनि फेला परेको छ । त्यसमा आईएम सरी लेखेको देखिएको छ,’ भण्डारीले भने ।

नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले शुक्रवार संसदमा चितवनको केस निर्मला पन्तको जस्तो नहोस् भनेर घटना सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइएकी थिइन् ।

‘कतै शालीनको पनि केस निर्मलाको जस्तै गुमनाम हुने स्थिति नबनोस् । तुरुन्त छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइयोस् । स्कूल होस्टेलमा निगरानी र अनुगमन गर्ने कुरालाई व्यवस्थित गरियोस्,’ सांसद शर्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे